मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्कामा मोटरसाइकलले ठक्कर दिँदा १ बालकको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने २६ वर्षीय शैलेन्द्र श्रेष्ठले चलाएको बाप्र ०२–०२८ प ४४६० नम्बरको मोटरसाइकलले पैदलयात्री गौरीगंगा नगरपालिका–१ बस्ने लालबहादुर बोहराका छोरा अन्दाजी ९ वर्षीय युवराज बोहरालाई ठक्कर दिँदा गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...