काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई परिपत्र गर्दै सवारीसाधन पास बन्द गरेको भोलिपल्टै खुला गरेको छ ।
गृह मन्त्रालयले बुधबार पास बन्द गरेको भएपनि बिहीबार देशभर अर्काे निर्देशन दिँदै २ ०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सीडीओ नेतृत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयबाट अत्यावश्यक सेवाका सवारीसाधनलाई पास वितरण गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार देशभर सवारी पास वितरणसम्बन्धी कार्य बन्द गर्न निर्देशन दिएको थियो । एम्बुलेन्स, सरकारी कर्मचारी लगायतको समेत आवागमन असर पुगेपछि बुधबारको निर्णय सच्याउँदै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अत्यावश्यक सवारीसाधनलाई पास दिने व्यवस्था गर्न गृहले निर्देशन दिएको छ ।
यस्तो छ पछिल्लो निर्देशन
यस्तो छ कार्यविधि