के देशमा संकटकाल र कर्फ्यू लाग्दैछ ? गृह मन्त्रालयले भर्खरै निकाल्यो प्रेस विज्ञप्ति

काठमाडौं । गृह मन्त्रालयले भर्खरै एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा संकटकाल र कर्फ्यू लगाउने भनेर गरिएको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशीलतालाई जोडेर सम्प्रेषण गरिएको सूचना भ्रामक रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा निराधार कुरालाई मन्त्रालयले गम्भीर रूपमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको उल्लेख छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्ति –

 

सम्बन्धित
Loading...