अवैध लागूऔषधसहित ६ जना पक्राउ

धनगढी । प्रहरीले कैलालीको धनगढीबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
बिहीबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट स्थानीय १८ वर्षीय किशोरको घरबाट धनगढी–३ बस्ने १९ वर्षीय प्रविण खड्का, २१ वर्षीय लक्ष्मीप्रसाद जोशी, धनगढी–२ बस्ने २३ वर्षीय चेतन पनेरू, धनगढी–४ बस्ने १६ वर्षीय किशोर र डोटीको जोरायल गाउँपालिका–१ बस्ने २२ वर्षीय विक्रम पातली समेत ६ जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट ३ ग्राम ८२० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित नियन्त्रणमा लिइएको छ । बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
Loading...