कर्णाली नदीमा डुबेर १ जना बेपत्ता

धनगढी । कर्णाली नदीमा डुबेर १ जना बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–७ बस्ने ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् ।
उनी डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट प्रहरी टोली खटिएर खोजतलासका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
Loading...