धनगढी । अवैध लागूऔषधसहित प्रहरीले कञ्चनपुर र बाजुराबाट ३ जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट कैलालीको धनगढी उपमहागरपालिका–६ धनगढीगाउँ बस्ने २८ वर्षीय ओमप्रकाश चौधरीलाई पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा २.३५ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीको होल्डिङ सेन्टर/७ नम्बर पिल्लर नजिकबाट भीमदत्त–१९ बस्ने २० वर्षीय अरुण रानालाई भारतबाट नेपाल आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा २.८२ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बाजुराको बुढीगंगा नगरपालिका–६ फालासैनबाट बुढीगंगा–५ बस्ने २५ वर्षीय विनोद थापाले लागूऔषध खैरो हिरोइनको कारोबार बिक्रीवितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा ४ ग्राम ९७ मिलिग्राम औषध खैरो हेरोइन धुलो पदार्थ र नगद ३६ हजार २८० रुपैयाँसहित नियन्त्रणमा लिइएको छ ।
बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।