डडेल्धुरा । जिल्लाको नवदुर्गा गाउँपालिका–३ बस्ने अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको छ ।
आफ्नै खेतबारीको घेरबार हाल्नका लागि झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो स्थानीय दिपकराज उप्रेतीको खरबारीमा लगाएको आगोमा लड्दा जलेर घटनास्थलमै मृत्यु भएको छ ।
आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।