जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
स्थानीय ४६ वर्षीय लालबहादुर सिंहले सञ्चालन गरेको कालीका रेष्टुरेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले रेष्टुरेन्टमा चेकजाँच गर्दा उनीहरूलाई नगद ५७ हजार ३२९ रुपैयाँ र १३१ पत्ति ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
Loading...