कर्णाली नदीमा बगेर २ किशोरी बेपत्ता

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका–२ बस्केनाका २ किशोरी कर्णाली नदीमा बगेर बेपत्ता भएका छन् ।

स्थानीय नन्दबहादुर शाहकी छोरी अन्दाजी १५ वर्षीया सोबिना शाह र भुपेन्द्र शाहीकी छोरी अन्दाजी १३ वर्षीय सन्जुकुमारी शाही बिहीबार दिउँसो नुनेपानीस्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

दुवै जना बालिका बगेर बेपत्ता भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिएर बुझ्दा ५ बालिका नुहाउने क्रममा नदीमा बगेकोमा ३ जना बालिकालाई सकुशल उद्दार गरिएको थियो ।

नदीमा बगेर बेपत्ता भएका बालिकाको प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...