अवैध लागूऔषधसहित १९ वर्षीया किशोरी पक्राउ

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट प्रहरीले अवैध लागूऔषधसहित १९ वर्षीया किशोरीलाई पक्राउ गरेको छ ।

प्रहरीले ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित धनगढी–३ बस्ने १९ वर्षीया आश्मा श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...