धनगढी । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट प्रहरीले अवैध लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १४० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित स्थानीय २० वर्षीय समिर खड्कालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।
लागूपदार्थ सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।