जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–११ घोडसुवाबाट प्रहरीले जुवातास खेल्दाखेल्दै १० जनालाई पक्राउ गरेको छ ।

स्थानीय ५८ वर्षीय रामशरण रानाले सञ्चालन गरेको ग्रिन पिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा कटेज सञ्चालकसहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले कटेजमा चेकजाँच गर्दा उनीहरूलाई नगद ५८ हजार १९० रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरिएको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...