कैलाली–कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद

धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र धनगढी–९ त्रिवेणीघाटबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य ३० हजार ६६० रुपैयाँ बराबरको प्याज, चिनी, सुर्ती, बिडी, सरफ, प्लाष्टिक झिल्ली, सुट, चक्लेट, मसला लगायतका सामानहरू शनिबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

यसैगरी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–६ शान्ति निकेतन स्कूल नजिक भीमदत्त–११ चौकीसत्ता र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १ लाख ५९ हजार ५४ रुपैयाँ बराबरको तरकारी, गाडीको स्प्रे, ब्लाउजको कपडा, काजु, पापड, किरानाका सामान, हार्डवेयरका सामान, ब्रोइलर कुखुरा लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।

सम्बन्धित
Loading...