डोटी । जिल्लाको सायल गाउँपालिका–२ खरगडा घर भएर सायल–५ पटकानीमा मामाको घरमा बस्दै आएका १४ वर्षीय तिलक बोहराको मृत्यु भएको छ ।
रानीवन जंगलमा दाउराका लागि बाँझको रुख काट्ने क्रममा रुखले च्यापिएर शनिबार दिउँसो उनको मृत्यु भएको छ ।
रुखले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएर डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।