धनगढी । डोटी जिल्लामा नदीमा नुहाउने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ ।
दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडा बस्ने १८ वर्षीय महेश खड्काको मृत्यु भएको हो ।
सिलगढी नगरपालिका–३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।