सामुदायिक वनमा सिँचाइ कुलो खन्ने क्रममा आगोले जलेर महिलाको मृत्यु

डोटी । जिल्लाको शिखर नगरपालिका–४ सेलफुङ्गामा सामुदायिक वनमा सिँचाइ कुलो खन्ने क्रममा आगोले जलेर १ महिलाको मृत्यु भएको छ ।

स्थानीय ४१ वर्षीया चन्द्रादेवी भण्डारीको पातालीसैन सामुदायिक वनमा सिँचाइ योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर मृत्यु भएको छ ।

उनीसहित २०–२५ जनाले बिहीबार दिउँसो सिचाइ योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि सुजङ अस्पताल राजपुर हुँदै थप उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...