धनगढी । प्रहरीले कैलालीमा अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ स्थित सडकबाट २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित टीकापुर–९ बस्ने २४ वर्षीय रोशन साउद र २७ वर्षीय योगेश साउदलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।