धनगढी । प्रहरीले कैलालीका विभिन्न स्थानबाट भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका–४ बसपार्क र भजनी नगरपालिका–३ धुसीबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २५ हजार ६०० रुपैयाँ बराबरको प्याज, चिनी, बिडी लगायतका सामान बुधबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।