बहुविवाह मुद्दामा कैद सजाय तोकिएर फरार रहेका व्यक्ति पक्राउ

धनगढी । बहुविवाह मुद्दामा कैद सजाय तोकिएर फरार रहेका व्यक्तिलाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको छ ।
प्रहरीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ३५ वर्षीय कुबेर चौधरीलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीको फैसलाले बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना ठहर भएका उनी फरार रहेका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई धनगढी–२ ट्राफिक चोकबाट पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनका लागि उनलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
Loading...