बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–१० सदरमुकाम चैनपुर बजारस्थित सर्जन थापाको २ तले ६ कोठे पक्की घरको भूइँ तलामा रहेको सिलाइ सेन्टरमा आगलागी भएको छ ।
अचानक विद्युत् तार सर्ट भएर शुक्रबार राति आगलागी हुँदा पसल र घरभित्र रहेका सामानहरू जलेर नष्ट भएका छन् ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । आगलागीलाई प्रहरी, स्थानीय र दलकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै आगलागी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।