बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरा बस्ने ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको चट्याङ लागेर मृत्यु भएको छ ।
घरभित्र बसिरहेको अवस्थामा शुक्रबार राति एक्कासि चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको छ ।
चट्याङबाट स्थानीय ७ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये १८ वर्षीय शान्ति सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।