अदालतबाट दोषी ठहर भई फरार रहेका ३ जना पक्राउ
धनगढी । कैलाली जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका ३ जनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा वन मुद्दामा ६ महिना कैद सजाय र ३ हजार ६७५ रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१० बस्ने कल्लु राना, वन मुद्दामा ४६ हजार ९१६ रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने दिर्घ चौधरी र बैंकिङ कसूर मुद्दामा १९ लाख ८४ हजार १०० रुपैयाँ जरिवाना ठहर भएकी धनगढी उपहानगरपालिका–२ बस्ने सरस्वतीदेवी चन्द रहेका छन् ।