अवैध लागूऔषध बोक्ने १८ वर्षीया किशोरीसहित ५ जना पक्राउ

धनगढी । कैलाली–कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्की चोकबाट ४ ग्राम ५५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित ३० वर्षीय दिनेश साउँद र २१ वर्षीय जनक विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–१ टीकापुर रोडबाट ८२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित ३० वर्षीय प्रकाश विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित पहाड रोडबाट ४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित गोदावरी–११ बस्ने २५ वर्षीय मनोज बडैलालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ परेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट १ ग्राम २४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित कैलालीको कैलारी गाउँपालिका–१ बस्ने १८ वर्षीया किशोरीलाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लागूपदार्थ फेला पारी पक्राउ परेको छ ।

सम्बन्धित
Loading...