प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा १८ वर्षीया किशोरीको हत्या, १ जना पक्राउ

काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा काठमाडौंको गोकर्णेश्वोरमा १८ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वोर नगरपालिका–३ बस्ने १८ वर्षीया सुष्मा लामाको हत्या गरेको अभियोगमा प्रहरीले तारेभीर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेको छ ।

तारेभीरस्थित शिवपुरी राष्ट्र्यि निकुन्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रूपेन्द्रलाई पक्राउ गरेको छ । सुष्मा एक्लै कलेज गइरहेको अवस्थामा बाटो छेकेर प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेपश्चात रूपेशले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको जनाइएको छ ।

सम्बन्धित
Loading...