कैलाली–कञ्चनपुरबाट २ जना फरार प्रतिवादी पक्राउ

धनगढी । फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले कैलाली र कञ्चनपुरबाट फरार रहेका २ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका–१२ बस्ने २० वर्षीय भरत सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ ।

यसैगरी जिल्ला अदालत कञ्चनपुरको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ महिना कैद सजाय ठहर भई २ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने २७ वर्षीय शिवाय सिंह रानालाई पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले बुधबार कृष्णपुर–५ गुलरियाबाट पक्राउ गरी उनलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...