अवैध लागूऔषधसहित २८ वर्षीया युवती पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले अवैध लागूऔषधसहित २८ वर्षीया युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीले ०.२१ ग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थसहित बेदकोट नगरपालिका–९ सिसैया बस्ने २८ वर्षीया रीतिका बमलाई बिहीबार राति पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरिएको छ ।

सम्बन्धित
Loading...