जंगली जनावरका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर १ महिलाको मृत्यु

प्यूठान । जिल्लाको स्वर्गद्धारी नगरपालिका–६ खन्नीखोला बस्ने ४४ वर्षीया दुर्गादेवी बस्यालको करेन्ट लागेर मृत्यु भएको छ ।

गहुँ बारीमा जंगली जनावरलाई धपाउनका लागि थापेको विद्युतीय पासोबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...