बाजुरा । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–६ काप्रीमा माटोको ढिस्कोले च्यापिएर १ जनाको मृत्यु भएको छ ।
भिनाजु दीर्घ सार्कीको घर निर्माणका लागि जग खन्ने क्रममा एक्कासि माथिबाट माटोको ढिस्को आएर कालिकोट जिल्लाको पलाता गाउँपालिका–२ बस्ने १८ वर्षीय वीरेन्द्र सार्की बुधबार दिउँसो च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डी बाजुराबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।