कैलाली–कञ्चनपुरमा प्रहरीको ‘एक्सन’ : एकैदिन ११ फरार प्रतिवादी पक्राउ

धनगढी । अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न प्रहरी एक्सनमा उत्रिएको छ ।

फैसला कार्यान्वयनका सिलसिलामा जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका कैलालीका ८ जनालाई आईतबार पक्राउ गरिएको छ ।

लागूऔषध खैरो हेरोइन मुद्दामा ९ वर्ष ९ महिना २२ दिन कैद सजाय र १ लाख जरिवाना ठहर भएका कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्की बस्ने भुपेश भन्ने शिशिर थापा, टीकापुर नगरपालिका–१ बस्ने जुवा मुद्दामा २०० रुपैयाँ जरिवाना ठहर भएका नृर्पबहादुर बिष्ट, गाली बेइज्जती मुद्दामा १ हजार रुपैयाँ जरिवाना ठहर भएकी संगिता कुवँर, गाली बेइज्जती मुद्दामा १ हजार रुपैयाँ जरिवाना ठहर भएका मिनबहादुर कुवँर, भजनी नगरपालिका–७ बस्ने जालसाँची मुद्दामा ५ हजार रुपैयाँ जरिवाना ठहर भएका राम चुन्नी डगौरा थारु, जालसाँची मुद्दामा ५ हजार रुपैयाँ जरिवाना ठहर भएका खुशीराम डगौरा, भजनी नगरपालिका–१ बस्ने चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना ठहर भएका पुरन जैशी र जानकी गाउँपालिका–१ बस्ने ज्यान मार्ने मुद्दामा ५ वर्ष कैद सजाय ठहर भएका सोनु बोगटीलाई पक्राउ गरिएको छ ।

यसैगरी जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ३ जनालाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लागूऔषध चरेश मुद्दामा जिल्ला अदालतको २०६३ जेठ २२ गतेको फैसलाले १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भएका पुनर्वास नगरपालिका–१ बस्ने पृथ्वी राना, बैंकिङ कसूर मुद्दामा अदालतको २०८० जेठ १२ गतेको फैसलाले ३ दिन कैद र ६ लाख ७१ हजार रुपैयाँ जरिवाना ठहर भएका भीमदत्त नगरपालिका–१२ बस्ने सिद्धराज जोशी, नदी उकास राष्ट्रिय वन क्षेत्र अवैध रूपमा खनजोत गरेको मुद्दामा अदालतको २०८० जेठ २ गतेको फैसलाले १ महिना ४ दिन कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएका कृष्णपुर नगरपालिका–४ बस्ने एकहतु भन्ने खेम खुना रहेका छन् ।

सम्बन्धित
Loading...