धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ मा टेलिफोनको तार हटाउन खोज्दा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
नजिकै रहेको बिजुलीको ट्रान्सफर्मरबाट सडकको छेउमा आएको टेलिफोनको तार हटाउन खोज्दा टीकापुरको ग्रिन एसिया होटलमा काम गर्ने बर्दियाको राजापुर नगरपालिका–२ बस्ने ३५ वर्षीय शैलेशकुमार भुलको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।