धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट भन्सार छलिका सामान बरामद गरिएको छ ।
अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १७ हजार ८४० रुपैयाँ बराबरको प्याज, चिनी, नरिवल, बिडी, चक्लेट लगायतका सामानहरू बरामद गरिएको छ ।
मंगलबार राति प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा ती सामानहरू फेला पारी नियन्त्रणमा लिएको छ ।