भीरबाट खसेर १ जनाको मृत्यु

दार्चुला । जिल्लाको मर्मा गाउँपालिकास्थित पारखडामा भीरबाट खसेर १ जनाको मृत्यु भएको छ ।

स्थानीय ३२ वर्षीय जगतसिंह धामी रिठाइनी भीरबाट अन्दाजी ३०० मिटर तल खसेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनचन्नाबाट घर फर्किंदै गर्दा भीरबाट खसेर उनी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...