पत्रकारद्वय भट्ट र कुँवर प्रहरी हिरासतबाट मध्यराति रिहा

महेन्द्रनगर । सामाजिक सञ्जालमा प्रहरीको आलोचना गरेपछि विद्युतीय अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका कञ्चनपुरका २ जना पत्रकार मध्यराति रिहा भएका छन् ।

पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले मध्यरातमा थुनामुक्त गरेको हो । यसअघि सामाजिक सञ्जालमा लेखेकै आधारमा पक्राउ परेका ४ जनालाई पनि प्रहरीले बुधबार दिउँसो रिहा गरेको थियो ।

विद्युतीय अपराध मुद्दामै नेकपा माओवादी केन्द्रका नेता सीके भट्टलाई पक्राउ गरेपछि दबाबमा परेको प्रहरीले एकपछि अर्काे गर्दै सबैलाई रिहा गरेको छ । सत्तारुढ दल माओवादीका नेता भट्टलाई प्रहरीले दिउँसै रिहा गरिसकेको थियो ।

पत्रकारलाई पक्राउ गरेपछि पेशागत संघसंगठनले विरोध गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरभित्र हुने गरेका बेथितिको आलोचना गर्दा पक्राउ गरिएको भन्दै प्रहरी नेतृत्वको आलोचना भइरहेको थियो ।

सम्बन्धित
Loading...