चोरी मुद्दामा कैद र जरिवाना भई फरार रहेकी महिला पक्राउ

बैतडी । चोरी मुद्दामा कैद र जरिवाना भई फरार रहेकी महिलालाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनका सिलसिलामा जिल्ला अदालत बैतडीको फैसलाले ४ महिना ८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी महिलालाई पक्राउ गरिएको हो ।

बैतडीको डिलासैनी गाउँपालिका–५ बस्ने २२ वर्षीया लक्ष्मी नाथ योगीलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको छ ।

सम्बन्धित
Loading...