महेन्द्रनगर । नेकपा एमाले कृष्णपुर नगर कमिटीको सचिवालय बैठकले पार्टी गतिविधिसँगै जनसरोकारका विषय उठान गर्ने निर्णय गरेको छ ।
कार्यबाहक अध्यक्ष ललित साउदको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कमिटी सदस्य कमला बोहरा, प्रदेश कमिटी सदस्य मोहनसिंह रावल र गणेशसिंह ऐरी, प्रदेश कमिटीका निवर्तमान सदस्य वचनबहादुर सिंह, निवर्तमान नगर प्रमुख (मेयर) कर्णबहादुर हमाल, जिल्ला सचिव पल्लवराज भट्ट, जिल्ला कमिटी सचिवालय सदस्य एवं नगर इन्चार्ज लोकेन्द्रप्रसाद पन्त लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
बैठकले ९ वटै वडाहरूमा विस्तारित बैठक एवं भेलाको आयोजना गरी जनसरोकारका विषयको उठानसँगै पार्टीका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले जागरणको भूमिका खेल्दै खबरदारी गर्ने योजना निर्माण गरेको प्रदेश कमिटी सदस्य ऐरीले जानकारी दिए ।