दाङ । १६ वर्षका किशोरले १६ वर्षीया किशोरीलाई ललाईफकाई ‘भागी विवाह’ गरी गर्भ रहेपछि बलात्कार मुद्दामा पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका–१२ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । आरोपी किशोर नाबालक भएकाले पहिचान खुलाइएको छैन ।
ती किशोरीलाई ललाईफकाई विवाह गर्छु भनी घरमा राखेर जबरजस्तीकरणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत दाङबाट ५ दिन थुनामा राख्ने अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।