भोजपुर । प्रहरीले किशोरीलाई घारीमा लगेर दिउँसै बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले किशोरीलाई आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
बलात्कार सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।