काठमाडौं । वृद्धभत्ता खाने उमेरमा बलात्कार गरेको आरोप लागेर १ वृद्ध पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका–१२ प्रगतिटोल बस्ने ७२ वर्षीय वृद्ध धनबहादुर श्रेष्ठ ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।