धनगढी । कैलाली जिल्लाको भजनी नगरपालिका–२ मोहनपुरस्थित भजनी–जोशीपुर सडक खण्डनजिकै रहेको रामभरौसे चौधरीको शौचालयभित्र १ जना मृत फेला परेका छन् ।
हाल नामथर, वतन नखुलेको अन्दाजी ७२ वर्षका पुरुष व्यक्ति लडेर मृत अवस्थामा सोमबार दिउँसो फेला परेका हुन् ।
उनको मृत्यु सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।