डडेल्धुरा । कोठाभित्र आगो बालेर राति सुत्दा धुँवाले निसास्सिएर डडेल्धुरामा सासु–बुहारीको मृत्यु भएको छ ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–१ स्याउले बस्ने ६० वर्षीय धौलीदेवी दियाल र बुहारी २५ वर्षीय पुनम दियालको मृत्यु भएको हो ।
आईतबार राति आफ्नै घरको कोठाभित्र आगो (कोइला) बालेर ढोका बन्द गरी सुतेकोमा सोमबार बिहान आफन्तले ढोका खोलेर हेर्दा दुवै जना बेहोस अवस्थामा कोठाभित्र फेला परेका थिए ।
उपचारका लागि दुवैलाई डडेल्धुरा अस्पताल डडेल्धुरामा पुर्याई डाक्टरले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।