धनगढी । प्रहरीले कैलाली–कञ्चनपुरबाट भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१ पशुतिटोलबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य २७ हजार २८० रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ र किराना लगायतका सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका–३ चौराहबाट अन्दाजी मूल्य ६३ हजार ९५० रुपैयाँ बराबरको प्याज, चिनी, चना, सुर्ती, बिडी, चकलेट, नरिवल, मिठाई, चियापत्ती, पेन्सिल लगायतका सामान आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
यसैगरी, कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–२ मायापुरीबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य १२ हजार रुपैयाँ बराबरको ब्रोइलर कुखुरा आईतबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नष्ट गरेको छ ।