जंगल चर्न गएका बेला बाघको आक्रमणबाट वडाध्यक्षका ११ बाख्राको मृत्यु

धनगढी । जंगलमा चर्न गएका बेला बाघले आक्रमण गर्दा ११ बाख्राको मृत्यु भएको छ ।

बझाङ जिल्लाको थलारा गाउँपालिका–२ कफलकाडा बस्ने वडाध्यक्ष रबेन्द्र खातीका बाख्रा कालापानी बिसौनाको जंगलमा चर्न गएको बेला शनिबार दिउँसो बाघले आक्रमण गरेको थियो ।

जंगल गएका १८ मध्ये बोका १, बाख्रा ६, खसी २, पाठा २ गरी जम्मा ११ वटाको मृत्यु भएको छ भने १ वटा घाइते र ६ वटा बाख्रा सकुसल रहेका प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट बगडा बझाङबाट प्रहरी टोली खटिएको छ ।

सम्बन्धित
Loading...