सहकारीको छाप र दस्तखत कीर्ते मुद्दाका फरार २ अभियुक्त धनगढीबाट पक्राउ

महेन्द्रनगर । सहकारीको छाप र दस्तखत कीर्ते मुद्दाका फरार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको २०८० असार १७ गतेको फैसलाले ६ महिना कैद सजाय र ११ हजार जरिवाना तोकिएर फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बझाङ जिल्लाको छब्बिसपाथिभेरा गाउँपालिका–६ बस्ने २२ वर्षीय विकास चलाउने र २३ वर्षीय सुन्दर चलाउने दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो धनगढीस्थित चौराहबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...