धनगढी । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–३ आईबीआरडीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–१ बस्ने ३२ वर्षीय राधेश्याम रानाको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
विद्युत् पोलमा गई तार तान्ने काम गरिरहेको अवस्थामा एक्कासि करेन्ट लागेर पोलबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तत्काल माया मेट्रो अस्पताल धनगढी लगेकोमा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।