काठमाडौं । जुवा खेल्दाखेल्दै पक्राउ परेका चक्र बमसहित ९ जना धरौटीमा छुटेका छन् ।
जुवा ऐन अन्तर्गत छानबिनमा परेका सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ हजार धरौटीमा रिहा गरेको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिबार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट आरोपीलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा चक्र बम, शंकर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट ‘गम्भीर’, गणेश विष्ट ‘गजित’, रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी रहेका थिए ।
प्रहरीले जुवाको खालबाट १ लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले प्रशासनको आदेशअनुसार धरौटीमा रिहा गरिएको जानकारी दिए ।