‘स्मार्ट पुलिसिङ’ गर्न सुदूरपश्चिमका प्रहरी कार्यालय प्रमुखलाई डीआईजी केसीको निर्देशन

धनगढी । सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले विभिन्न प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सोमबार आयोजित कार्यक्रममा उनले मातहत कार्यालयका प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् ।

उनले वर्तमान शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा आइपर्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा आवश्यक निर्देशन दिए ।

उनले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवं प्रभावकारी बनाउनका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूले निःस्वार्थ सेवा प्रवाह, निष्ठावान, ईमान्दार एवं सिर्जनशील भई अवैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रुमैत्री व्यवहार, स्मार्ट पुलिसिङ, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सीमान्तकृत एवं पीडित वर्गको सारथी भई समस्या एवं गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुका साथै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल धनगढी, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी विद्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

सम्बन्धित
Loading...