बझाङ । जिल्लाको मष्टा गाउँपालिका–७ तल्लो ठगुन्नामा गोठमा आगलागी हुँदा भैंसीको मृत्यु भएको छ ।
स्थानीय दुर्घु धामी र जबरे बोहराको जोडिएको गोठमा शनिबार राति अचानक आगलागी हुँदा दुवै गोठमा क्षति हुनुका साथै दुर्घु धामीको गोठभित्र रहेका १ भैंसी जलेर मृत्यु भएको र १ गोरु जलेर घाइते भएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको र आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।