काठमाडौं । लघुवित्त र सहकारीहरूको ऋण मिनाहा गर्न माग राख्दै आज बिहीबार मधेश प्रदेशमा बन्द आह्वान गरिएको छ ।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेश बन्द आह्वान गरेको छ ।
बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा आमजनतालाई सहज कर्जा दिलाउनुपर्ने माग गर्दै आजपाले बन्दको आह्वान गरेको छ ।
पार्टीले बन्दको पूर्व सन्ध्यामा बुधबार मधेश प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेको थियो । बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै मधेशका सबै जिल्ला सदरमुकाम लगायतका स्थानमा आजपा कार्यकर्ताले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका छन् ।
आजपानिकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा बुधबार जानकी मन्दिरमा सरसफाई गरिएको थियो भने जनकपुरका २ स्थानमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको थियो ।