अमरावती सामुदायिक वनमा बाघ मृत फेला

धनगढी । कैलाली जिल्लाको जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा बाघ मृत फेला परेको छ ।

जंगलमा घेरबार लगाएको काँडे तारमा घाँटी बेरिएको अवस्थामा बाघ मृत अवस्थामा फेला परेको हो ।

बाघ मृत अवस्थामा फेला परेको भन्ने स्थानीयबाट खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरावती कैलालीबाट प्रहरी टोली खटिई मृत बाघलाई आवश्यक अनुसन्धानको लागि वन डिभिजन कार्यालय पहलमानपुर कैलालीको जिम्मा लगाएको छ ।

सम्बन्धित
Loading...