दाङ । मादक पदार्थ रक्सी खाएर स्टिलको रड प्रहार गर्दा श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ परेका छन् ।
श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।